प्रिमियर लिग: म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै…

प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछन् । आज हुने खेलमा म्यान्चेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सिटी आफूलाई अंक तालिकामा बलियो बनाउने योजनामा रहेको छ ।

आजको खेलमा जित निकाल्न सकेमा सिटीलाई यो सिजन आफूलाई बलियो बनाउँदै लैजाने अवसर मिल्नेछ । लिगमा ३ खेल खेलेको सिटीले एक खेलका हार ब्यहोर्यको छ भने एक खेल बराबरी तथा एक खेलमा पराजित हुन पुगेको छ ।

यता, आर्सनल आजको खेलमा जित निकाल्दै आफूलाई तालिकाको शीर्ष दुईमा स्थापित गर्ने योजनामा छ । लिमगा चार खेल खेलेको आर्सनल ९ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । एभर्टनको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै एभर्टन आफूलाई तालिकाको शीर्ष स्थानमा यथावत राख्न चाहाने योजनामा छ । लिगमा चार खेल खेलेको एभर्टन १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE