प्रिमियर लिग: लिड्स युनाइटेड र उल्भ्स भिड्दै…

प्रिमियर लिग फुटबलमा आज  लिड्स युनाइटेडले आज लिगको पाँचौं खेल खेल्दै छ । यो सिजन शीर्ष डिभिजनमा बढुवा भएको लिड्सले उल्भ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । लिड्सले घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । आजको खेलमा उल्भ्सले जित निकाल्ने योजना बनाएको छ ।

लिगमा चार खेल खेलेको उल्भ्सले ७ अंक जोडेको छ । यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको उल्भ्स पहिलो खेलमा लिभरपुलसँग पराजित भए पनि बाँकीका दुई खेलहरुमा जित निकालेको थियो भने एक खेल बराबरी खेलेको थियो । उल्भ्स पनि घरेलु टोलीलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । उल्भ्स ४ खेलमा ६ अंक जोडेर १५औं स्थानमा रहेको छ । अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीबीच प्रतिस्पर्धा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE