प्रिमियर लिग: लिड्स युनाइटेड लेस्टर सिटीसँग ४-१ गोलले पराजित…

लिड्स युनाइटेड प्रिमियर लिग फुटबलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा लिड्स लेस्टर सिटीसँग ४-१ गोलले पराजित भएको हो । लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागि युरी टेलिसम्यानले दुई गोल गरे । त्यस्तै हार्भेय बर्नेस र जेमी भार्डीले एक-एक गोल गरे । लिड्सका लागि स्टुआर्ट डल्लासले एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमै सिटीले अग्रता लिएको थियो । भार्डीको पासमा बर्नेसले गोल गर्दै सिटीलाई अग्रत दिलाएका थिए । २१औं मिनेटमा टेलिसम्यानले गोल गर्दै पहिलो हाफमा सिटीलाई २-० को अग्रता दिलाए । दोस्रो सुरु भएको तेस्रो मिनेटमै लिड्सले एक गोल फर्कायो ।

खेलको ४८औं मिनेटमा स्टुआर्डले गोल गर्दै लिड्सका लागि एक गोल फर्काएका थिए । उनले ह्‌यारिसनको पासमा गोल गरेका हुन् । तर, ७६औं मिनेटमा भार्डीले नै गोल गरे । उनले अन्डरको पासमा गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा टेलिसम्यानले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को फराकिलो जित दिलाए । यो जितसँगै सिटीले सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा हारसहित १५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE