प्रिमियर लिग: लिड्स युनाइटेडमाथि टोटनह्यामको ३-० गोलको सहज जित…

प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम विजयी भएको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले लिड्स युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केन, सन हेंग मिन र टोबी अल्डेरवेइर्डले एक एक गोल गरेका थिए । त्यस्तै खेलको ९२औ मिनेटमा टोटनह्यामका माट डोहेर्टीले रातो कार्ड पाएका थिए ।

जितपछि टोटनह्यामको १६ खेलमा २९ अंक हासिल गरेको छ र टोटनह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लिड्स युनाइटेडको भने १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE