प्रिमियर लिग: लिड्स युनाइटेडको आत्मघाती गोलमा वुल्भ्स १–० ले विजयी…

प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो । जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ । ३२ अंक रहेको लीड्स १२औँ स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE