प्रिमियर लिग: लिड्स युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी…

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले अंक बाँडेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा सिटीले लिड्स युनाइटेडसँग अंक बाँडेको हो । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा लिड्सको मैदानमा सिटी १-१ को बराबरीमा रोकिएको हो ।

सिटीका लागि खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रतालाई कायमै राखेको सिटीले दोस्रो हाफको सुरुमै गोल खाएको हो । खेलको ५९ औं मिनेटमा लिड्सका लागि रोड्रिगो मोरेनोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।​ लिड्सका लागि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटमै रोड्रिगोले गोल गरेका हुन् ।

लिगको दशौं स्थानमा रहेको सिटीले गएरातिको खेलमा लिड्ससँगको बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको छ । लिड्सले भने चार खेलबाट सात अंक जोडेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE