प्रिमियर लिग: लिभरपुललाई एभर्टनको चुनौती …

प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछन् । आज हुने खेलमा साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । एभर्टनको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै एभर्टन आफूलाई तालिकाको शीर्ष स्थानमा यथावत राख्न चाहाने योजनामा छ । लिगमा चार खेल खेलेको एभर्टन १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यो सिजन उपाधि दावेदार मानिएको एभर्टन आजको खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउने योजनामा छ । उपाधि जित्नका लागि आजको खेल एभर्टनका लागि महत्वपूर्ण छ ।

यता, एस्टोन भिल्लासँग ७–२ गोल अन्तरले पराजित भएको लिभरपुल आजको खेलमा आफूलाई बलियो बनाउने योजनामा छ । साविक विजेता समेत रहेको लिभरपुललाई आजको खेलमा जित निकाल्नै पर्ने बाध्यता रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE