प्रिमियर लिग: लिभरपुललाई चेल्सीको चुनौती…

प्रिमियर लिग फुटबलअन्तर्गत आज (आइतबार) राति चार खेल हुँदै छन् । आज हुने खेलमा साबिक विजेता टोली लिभरपुलले चेल्सीसँग खेल्दै छ । लिभरपुल र चेल्सीबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सीको जित निकाल्ने योजनामा छ । पहिलो खेलमा ब्राइजटनसँग ३-१ गोलको जित निकालेको चेल्सी आजको खेलमा पनि जित निकाल्दै प्रिमियर लिगमा आफूलाई बलियो बनाउँदै लैजाने योजनामा हुनेछ । टिमो वार्नर जस्ता उत्कृष्ट युवा खेलाडी अनुबन्ध गरेको चेल्सीले लिभरपुललाई हराउने योजना बनाएको छ ।

यता पहिलो खेलमा लिड्सँग ४-३ गोलको संघर्षपूर्ण जित निकालेको लिभरपुललाई चेल्सीले घरेलु मैदानमा चुनौती दिनेछ । स्टामफोर्ड ब्रिजमा मैदान उत्रँदा लिभरपुल पनि प्रिमियर लिगमा आफूलाई बलियो बनाउँदै लैजाने योजना हुनेछ ।

प्रिमियर लिगमा यो सिजन चेल्सीलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ । चेल्सीलाई भने खेलाडीको चोटले पिरोलेको छ । आजको खेलमा डिफेन्डर थियागो सिल्भा, वेन चिलवेल, हाकिम जियाच र क्रिस्टियन पुलिसिचले खेल्ने छैनन् ।

प्रिमियर लिगअन्तर्गत नै आइतबार लेस्टर सिटीले बर्नलीसँग खेल्नेछ । पहिलो खेलमा सहज जित निकालेको लेस्टर दोस्रो खेलमा पनि जित निकाल्ने योजनामा छ । त्यस्तै टोटेनहमले साउथ ह्‍याम्पटनसँग खेल्नेछ । पहिलो खेलमा एभर्टनसँग पराजित भएको टोटेनहम आजको खेलमा जित निकाल्ने योजनामा छ । यता न्युकासलले ब्राइटनलाई आतिथ्यता प्रदान गर्दै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE