प्रिमियर लिग: लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्दै…

प्रिमियर लिग फुटबलमा साबिकको विजेता टोली लिभरपुलले आज (सोमबार) आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ । लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

आजको खेलमा लिभरपुल जित निकाल्ने योजनामा छ । सबिक विजेता भएकाले पनि लिभरपुललाई आर्सनलको चुनौती हुनेछ । सिजनको दुई खेल खेलिसकेको लिभरपुलले पहिलो खेलमा भने कठिन जित निकालेको थियो ।

दोस्रो खेलमा उपाधि दाबेदार मानिएको चेल्सीसँग २-० गोलको जित निकालको लिभरपुललाई आजको खेलमा भने केही हौसला मिल्नेछ । यता सिजनको दुई खेल खेलेको आर्सनल दुवै खेलमा उत्कृष्ट साबित भएको छ । त्यस्तैले आर्सनल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ ।

आजको खेलमा जित निकाल्दै आर्सनल लिगमा बलियो बन्‍ने योजनामा छ । लिगको पहिलो खेलमा फुलहमलाई ३-० गोल अन्तरले हराएको आर्सनलले दोस्रो खेलमा वेष्टहमलाई २-१ गोल अन्तरले हराएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE