प्रिमियर लिग: वुल्भमाथि लिभरपुलको कठिन जित

प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले वुल्भलाई १–० ले हराएको छ । वुल्भको मैदानमा भएको खेलमा लिभरपुलाई विजयी गराउन डिएगो जोटाले निर्णायक गोल गरे । पोर्चुगीज गोलरक्षक रुइ प्याट्रिसियो गम्भिर घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेर वेहास भएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो । आफ्नै टोलीका कप्तान कोनोर कोडीसँग ठोक्किएपछि प्याट्रिसियो घाइते भएका थिए । ३० खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ५७ तथा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE