प्रिमियर लिग: वुल्भ्समाथि सिटीको ४-१ गोलको फराकिलो जित,जिससको दुई गोल…

प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वुल्भ्समाथि ४-१ गोलको सहज जित निकालेको छ । सिटीको जितमा गाब्रियल जिससले दुई गोल गरेका थिए भने रियाद महरेजले एक गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लिंडर डेन्डोनकरले एक गोल आत्मघाती गोल गरेका थिए ।

जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता हासिल गरेको छ । सिटीको २७ खेलमा ६५ अंक भएको छ । हार ब्यहोरेको वुल्भ्स ३४ अङ्कसहित खेलको १२ औं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE