प्रिमियर लिग: वुल्भ्ससँग बराबरीमा रोकियो टोटेनहम…

इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्स र टोटेनहमले बराबरी खेलेका छन् । गएराति वुल्भ्सको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको पहिलो मिनेटमा नै टोटेनहमले टांगी डोम्बेलेको गोलबाट अग्रता लिएको थियो । यता खेल सकिनै लाग्दा ८६ औं मिनेटमा वुल्भ्सका रोमेन साइसले गोल गर्दै वुल्भ्सलाई हारबाट जोगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE