प्रिमियर लिग: वेष्ट ब्रोमसँग १-१ गोलको बराबरीमा रोकियो लिभरपुल…

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग  १-१ गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको लिभरपुलले त्यसपछि गोल थप्न सकेन ।

खेलको ८२ औं मिनेटमा वेष्ट ब्राेमका सेमी अजयीले गोल गरेपछि ब्राेमले खेल बराबरी गर्न सफल भयो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । यो बराबरीपछि लिभरपुलले दोस्रो स्थानको एभर्टनसँगको दूरी पाँच अंकमा पुर्याउने मौका गुमायो । बराबरीपछि लिभरपुलको ३२ अंक भएको छ । वेष्ट ब्राेमको आठ अंक छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE