प्रिमियर लिग: वेष्ट ब्रुममाथि आर्सनलको ४–० गोलको फराकिलो जित

प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । आर्सनलले वेष्ट ब्रुमलाई ४–० गोलअन्तरले पराजित गरेको हो।

लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको वेष्ट ब्रुमविरुद्ध आर्सनलले सहज जित निकालेको हो। आर्सनलको जितमा एलेक्सान्ड्रे लकाजेटले दुई गोल गर्दा काइरन टिर्ने र बुकायो साकाले गोल गरे। पहिलो हाफसमा दुई गोलको अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE