प्रिमियर लिग: वेस्ट हामसँग बराबरीमा रोकियो टोटेनहम…

इंग्लिस प्रिमियर लिग  अन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्सपर वेस्ट हामसँग बराबरीमा रोकिएको छ। हट्सपर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम वेस्ट हामले घरेलु टिमलाई ३–३ गोलको बराबरीमा रोकेको हो।

टोटेनहमका लागि सन ह्युङ मिनले पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाए भने कप्तान ह्यारी केनले आठौं र १६ औं मिनेटमा गोल गर्दै खेललाई तीन गोलको अग्रतामा पुर्याएका थिए। पहिलो हाफमा ३–० ले अघि रहे पनि दोस्रो हाफमा सम्पूर्ण अग्रता गुमायो। ८२ औं मिनेटमा फबियन बाल्बुइनाले गोल गरे भने इन्ज्युरी समयमा म्यानुयल लान्जिनीले गोल गरे त्यस्तै, ८५ औं मिनेटमा टोटेनहमका डाविन्सन सान्चेजले आफ्नै पोस्टमा गोल गरे।

यस साथै दुवै टिमले अंक बाँडेका छन्। ईपीएल अंकतालिकामा टोटेनहम ८ अंकका साथ छैटौं स्थानमा छ भने वेस्ट हाम ७ अंकका साथ आठौं स्थानमा छ। आइतबार राति सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेस र ब्राइटोनले एक–एक गोलको बराबरी खेलेका छन् भने एस्टोन भिल्लाले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा हराएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE