प्रिमियर लिग: सन को निर्णायक गोलमा टोटनह्याम १-० ले विजयी

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्यामले जित निकालेको छ। टोटनह्यामले सन हेउङमिनको निर्णायक गोलमा बर्नलीविरुद्ध १–० गोल अन्तरको जित निकालेको हो। सनले ह्यारी केनको पासमा हेडमार्फत् खेलको ७६औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन्।

बर्नका दुई खेलाडीले फल गरेपछि पहेँलो कार्ड खाएका थिए। खेलको सुरुवाती दोस्रो मिनेटमै टोटनह्यामका मिडफिल्डरलाई फल गरेपछि बर्नलीका जोश ब्राउनहीलले पहिलो पहेँलो कार्ड पाएका थिए। त्यस्तै खेलको ८०औँ मिनेटमा केभिन लङले पहेँलो कार्ड खाए। खेल अवधिभर टोटनह्यामले आफ्नो नियन्त्रण कायम गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE