प्रिमियर लिग: साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकियो चेल्सी…

प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । शनिबार राति सकिएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । उसका लागि टाकुमी मिनामिनोले खेलको ३३ औँ मिनेटमा गोल गरे । पहिलो हाफमा १(० गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।

उसका लागि मसुन मउन्टले खेलको ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । बराबरीपछि चेल्सी २५ खेलबाट ४३ अंकसहित लिगको चौथो स्थानमा यथावत छ । साउथह्याम्पटन ३० अंकसहित लिगको १३ औँ स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE