प्रिमियर लिग: सेफिल्ड युनाइटेडमाथि चेल्सीको ४–१ गोलको फराकिलो जित…

इंग्लिस प्रिमियर लिगमा तीन बराबरी र एक हार बेहोरिसकेको चेल्सी लगातार दुई खेलमा जित निकाल्दै जितको लयमा फर्किएको छ। गत समर विन्डोमा थियागो सिल्वा, कई हर्भट्स, टिमो वेर्नरजस्ता मत्वपूर्ण खेलाडी भित्र्याएको चेल्सीले सुरुवाती समयमा एकनासको प्रदर्शन गर्न सकेको थिएन।

गएराति सम्पन्न खेलमा भने उसले सेफिल्ड युनाइटेडमाथि घरेलु मैदानमा ४–१ गोलको फराकिलो जित निकालेको छ। जितका लागि डिफेन्डर थियागो सिल्वा र बेन चलबेलका साथै फरवार्ड टामी अब्राहम र टिमो वेर्नले समान १–१ गोल गरे। एक गोलले पछि परेको अवस्थामा अब्राहमले २३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसअघि सेफिल्डका डेविड म्याक्गोल्ड्रिकले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

यता ३४ औं मिनेटमा चेल्सीका चिलवेलले गोल गर्दै अग्रता खोसिदिए। यससँगै पहिलो हाफमा चेल्लसी २–१ गोलले अघि रह्यो। दोस्रो हाफको ७७ औं मिनेटमा सिल्वाले गोल गरे भने ८० औं मिनेटमा वेर्नरले गोल गरे। जियाचले प्रहार गरेको फ्रि किकलाई सिल्वाले गोलमा बदलेका थिए भने वेर्नरका लागि एनगोलो कान्टेले पास उपलब्ध गराएका थिए। जितसहित १५ अंक बनाएको चेल्सी तेस्रो स्थानमा छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE