प्रेमका देवता कामदेव कहाँ बस्छन्?

हिन्दू शास्त्रहरूमा कामदेवलाई प्रेमका देवता भनिन्छ । स्त्री–पुरुषको बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उनको पूजा वसन्त पञ्चमीका दिन गर्ने गरिन्छ । त्यसैले यदि हिन्दू परम्परालाई मान्ने हो भने प्रेम दिवस वसन्त पञ्चमीका दिन मनाउनुपर्ने हो ।

अहिले विश्वव्यापी भइरहेको फेब्रुअरी १४ का दिन मनाउने गरिएको प्रेम दिवस (भ्यालेन्टाइन डे) रोमनबाट सुरु भएको हो । पादरी भ्यालेन्टाइनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । इस्वी सम्वत् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनालाई दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि बिस्तारै यसले पर्वकै रूप धारण गर्दै आइरहेको छ । विश्वभरि यो दिवस उत्साहका साथ मनाउने चलन बढ्दो छ ।

ब्रह्माले कामदेवलाई बस्नका लागि १२ वटा ठाँउ दिए: स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना ।’

यदि प्रेमका देवतालाई नै आधार मान्ने हो भने प्राचीन धर्महरूमा पनि प्रेम दिवस यो दिन पर्दैन । ती धर्महरूमा पनि कुनै एक देवतालाई प्रेमको प्रतीकका रूपमा हेर्ने चलन छ । जस्तै– पश्चिममा क्युपीड र युनानी देशहरूमा इरोस नामक देवतालाई प्रेमको प्रतीक मानिन्छ ।

क्युपीड प्राचीन रोमन धर्मका देवतामध्ये एक हुन् । उनलाई प्रेम र कामवासनाका देवताका रूपमा लिइन्छ । त्यस्तै प्राचीन युनानी धर्मका देवता इरोसलाई पनि प्रेमका देवता मानिन्छ । प्रेम दिवसका दिन प्रायः उनीहरूका चित्र देख्न पाइन्छ ।

हिन्दू धर्ममा भने प्रेमका देवता कामदेव हुन् । उनलाई प्रेम, सौन्दर्य र कल्याणको देवता मानिन्छ । विशेषगरी प्रेम प्राप्तिका लागि उनको आराधना गरिन्छ ।

को हुन् कामदेव ?

कामदेवको उत्पत्तिका विषयमा एउटा रोचक कथा छ । कथाअनुसार एक समय प्रजावृद्धि गर्ने कामनाले ब्रह्मा ध्यानमग्न थिए । त्यही बेला उनको अंशबाट तेजस्वी पुत्र काम जन्मिए ।

आफ्नो पुत्रलाई ब्रह्माले एउटा काम अह्राए, ‘मैले सृष्टि उत्पन्न गर्नका लागि प्रजापतिलाई जन्माएको थिएँ तर तिनीहरू सृष्टि रचनामा समर्थ भएनन् । त्यसैले यो कार्य गर्नका लागि तिमीलाई म आज्ञा दिन्छु ।’

कामदेव ब्रह्माको आज्ञाको कुनै प्रतिक्रिया नै नदिई त्यहाँबाट अदृश्य भए । कामको चाला देखेर ब्रह्मा क्रोधित बने र श्राप दिए, ‘तिमीले मेरो वचन मानेनौं, त्यसैले तिम्रो छिट्टै नाश हुनेछ ।’

ब्रह्माको श्राप सुनेर कामदेव डराए र ब्रह्मासँग क्षमा मागे । उनको विनम्रता देखेर ब्रह्मा खुसी भए र भने, ‘म तिमीलाई रहनका लागि १२ वटा स्थान दिन्छु । स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना ।’

ब्रह्माबाट मिलेको वरदानको सहयोगले कामदेव तीनै लोकमा भ्रमण गर्न थाले । उनले भूत, पिशाच, गन्धर्वलगायतलाई आफ्नो वशमा पारे ।

कहाँ बस्छन् कामदेव ?

कामदेव कहाँ बस्छन् भन्ने प्रसङ्गमा एउटा श्लोक छ–

यौवनम् स्त्री च पुष्पाणि सुवासानि महामतेः ।

गानम् मधुरश्चैव मृदुलाण्डजशब्दकः ।।

उद्यानानि वसन्तश्च सुवासाश्चन्दनादय ः।

सङ्गो विषयसक्तानाम् नराणाम् गुह्यदर्शनम् ।।

वायुर्मदः सुवासश्र्च वस्त्राण्यपि नवानि वै ।

भूषणादिकमेवम् ते देहा नाना कृता मया ।।

कामदेवको बास यौवन, स्त्री, सुन्दर फूल, गीत, पराग कण, फूलको रस, पक्षीहरूको आवाज, सुन्दर बगैंचा, कामवासनामा लिप्त मनुष्यको सङ्गति, लुकेको अङ्ग, मन्द हावा, सुन्दर ठाउँ र सुन्दर आभूषण लगाएको शरीरमा हुन्छ ।

यसबाहेक कामदेव स्त्रीको शरीरमा पनि बस्छन् । विशेषगरी स्त्रीहरूको नयन, निधार, आँखीभौं, ओठ आदिमा यिनको बासस्थान हुने गर्छ ।

शिवलाई समेत वशमा राख्ने सामर्थ्य

कामदेवले शिव भगवान्लाई समेत चञ्चल गराउने सामथ्र्य राख्छन् ।

कामदेवका बारेमा शिव पुराणमा एउटा कथा वर्णन गरिएको छ । जसअनुसार भगवान् शिवकी पत्नी सतीले आफ्ना बुबाद्वारा आयोजित यज्ञमा पति शिवको अपमान सहन नसकेर आत्मदाह गरिन् ।

शिव सतीसँग अति प्रेम गर्थे । आफ्नी पत्नी सतीले आत्मदाह गरेको थाहा पाएपछि उनी अत्यन्तै विरक्तिए र थरिथरिका ताण्डव गरेर पूरै सृष्टिमा हाहाकार मच्चाइदिन थाले ।

 सबै देवता उनलाई सम्झाउन गए । देवताहरूले सम्झाएपछि उनी केही शान्त भए र समाधिमा लीन भए ।

त्यही समयमा तारकासुर दैत्यको तपस्याबाट ब्रह्मा खुसी भए र वरदान दिए, ‘तिम्रो मृत्यु केवल शिवको पुत्रद्वारा हुनेछ ।’

यति भएपछि तारकासुरलाई के चाहियो र ! उनी अहङ्कारले भरिए र देवताहरूलाई दुःख दिन थाले । उनको उत्पात दिनदिनै बढ्दै गयो र स्वर्गमाथि अधिकार जमाउने प्रयास गर्न थाले । पूरै ब्रह्माण्डमा आफ्नै शासन लागू गर्ने उनको चाहना थियो ।

उनको अत्याचारबाट देवताहरू चिन्तित बन्दै यस विषयमा आपसमा सल्लाह गरे । यस समस्याको समाधानका लागि शिवलाई समाधिबाट जगाउन आवश्यक हुन्थ्यो । ध्यानमा लीन शिवलाई जगाउन त्यति सजिलो थिएन ।

देवताहरूले यसको जिम्मा कामदेवलाई सुम्पिए । उनलाई आफ्नो सेनापति बनाए र शिवले तपस्या गरेको ठाउँमा पुगे ।

कामदेवले शिवलाई जगाउन सूक्ष्म रूप लिएर शिवको कानबाट शरीरमा छिरे । यसबाट शिवको मन चञ्चल भयो । उनले आफ्नो शरीरमा कामदेव उपस्थित छन् भनेर थाहा पाए । यत्तिकैमा कामदेव शिवको शरीरबाट बाहिर आए र आँपको एउटा रूखपछाडि गएर पातहरूमा ओझेल परेर उभिए । उनले शिवमाथि मोहन नाम गरेको पुष्पबाण हाने । बाण सिधै शिवको हृदयमा गएर लाग्यो र उनको समाधि टुट्यो । यसबाट शिव क्रोधित भए र आफ्नो तेस्रो नेत्रको ज्वालाले उनलाई भष्म गरिदिए ।

कामदेवले शिवको हृदयमा बाण प्रहार गरेर शिवभित्र पार्वतीका लागि आकर्षण विकसित गरेका थिए । जसको विरक्तिमा शिव समाधिमा थिए तिनै सतीले पार्वतीका रूपमा जन्म लिएकी थिइन् ।

कामदेव र रतिको प्रेम

रति र कामदेव पत्नी–पति थिए । रति दक्षकी छोरी थिइन् । उनी निकै सुन्दर थिइन् । कामदेव ब्रह्माले अह्राएको कामका लागि यात्रा गर्दै हिँड्दा रति पनि सँगै थिइन् । शिवको क्रोधाग्निबाट आफ्ना पति कामदेव जलिरहेको देखेर रतिले रmँदै विलाप गर्न थालिन् । उनको विलाप चल्दै गर्दा आकाशवाणी भयो र रmनुको सट्टा शिवको आराधना गर्नू भन्ने आवाज सुनियो ।

रतिले शिवको प्रार्थना गरिन् । उनको प्रार्थनाबाट खुसी हुँदै शिवले सल्लाह दिए, ‘कामदेवले मेरो मनलाई विचलित गरेका थिए, त्यसैले मैले उनलाई भष्म गरिदिएको हुँ । यदि उनले शरीरविनै पनि महाकाल वनमा गएर शिवलिङ्गको आराधना गरे भने उनको उद्धार हुनेछ ।’

कामदेव शिवको सल्लाह मान्दै महाकाल नामक वनमा गए र शिवलिङ्गको उपासना गर्न थाले । उनको उपसनाबाट खुसी भएर शिवले भने, ‘तिमी शरीरविना रहेर पनि समर्थ रहनेछौ । कृष्णावतारको समयमा तिमीले रुक्मिणीको गर्भबाट जन्म लिनेछौ र तिम्रो नाम प्रद्युम्न रहनेछ ।’

रतिले पनि आफ्ना पतिलाई पुनः पाउनका लागि तपस्या गरिन् । पार्वतीले रतिलाई आशीर्वाद दिइन्– तिम्रा पतिले श्रीकृष्णको छोराका रूपमा यदुकुलमा जन्म लिनेछन् । त्यहाँ तिमीले शम्बासुरलाई भेट्नेछौ ।’

रति आफ्ना पतिले पुनर्जन्म लिने प्रतिक्षामा बसिन् ।

श्रीकृष्ण र कामदेव

श्रीकृष्णलाई पनि कामदेवले आफ्नो नियन्त्रणमा ल्याउने कोसिस गरेका थिए । उनले श्रीकृष्णसँग एउटा शर्त लगाएका थिए । जसअनुसार उनले श्रीकृष्णलाई स्वर्गका अप्सराभन्दा पनि सुन्दर गोपीहरूप्रति आसक्त गरिदिनेछन् । श्रीकृष्णले कामदेवका सबै शर्त माने र गोपीहरूसँग रास रचाए । यति हुँदा पनि श्रीकृष्णभित्र एकछिनका लागि पनि वासनाले घर बनाउन सकेन ।

पछि कामदेव श्रीकृष्ण र रुक्मिणीको कोखबाट प्रद्युम्नका रूपमा जन्मिए ।

कथाअनुसार उनी सानै छँदा श्रीकृष्णका शत्रु शम्बासुरले प्रद्युम्नलाई अपहरण गरे र समुद्रमा फ्याँकिदिए । बच्चा प्रद्युम्नलाई एउटा माछाले निल्यो । त्यस माछालाई एक माझीले समाते र शम्बासुरकै भान्सामा पु¥याए ।

रति शम्बासुरको घरमा मायावतीको नामबाट दासी बनेर बस्थिन् । उनैले प्रद्युम्नलाई फेला पारिन् र हेरचाह गरिन् । प्रद्युम्न ठूला भएपछि उनले आफ्ना पूर्वजन्मका पतिसँग विवाह गरिन् र दुवै जना द्वारका गए ।

आनन्द र सौन्दर्यका प्रतीक

रति आनन्द या प्रसन्नताको प्रतीक हुन् । उनलाई कामुकताका लागि चिनिन्छि । प्रेम र आकर्षणको देवी मान्ने गरिन्छ ।

घोडामा बसेर हातमा तरबार लिएको कल्पना गरेर उनको फोटो तयार गरिन्छ ।

कामदेव सौन्दर्यका प्रतीक हुन् । हात्ती उनको वाहन हो । हात्ती चारै दिशामा हिँड्न, देख्न र हल्का आहटमा पनि सम्हालिन सक्छ । हात्तीका कानले चारैतिर सुन्न सक्छ । सुँडले चारैतिर प्रहार गर्न सक्छ । यस्तै चरित्र कामदेवको पनि हुन्छ । उनी चारै दिशामा स्वतन्त्र घुम्न सक्छन् ।

स्वर्गवासीहरूलाई कामदेवकै कारण कामेच्छा उत्पन्न हुने गर्छ ।

उनी उखुबाट बनेको धनुष धारण गर्छन् । पाँचवटा पुष्पबाण उनका हतियार हुन् । ती बाणका नाम हुन्– नीलकमल, मल्लिका, आम्रमौर, चम्पक र शिरीष ।

हिन्दू धर्ममा कामदेव, कामसूत्र, कामशास्त्र र चार पुरुषार्थहरूमध्ये एक कामको निकै चर्चा हुने गरेको छ । कामको अर्थ हुन्छ, सुखी, शुभ र सुन्दर बनाउने सबै कार्य ।

काम र रतिको मिलनबाट पूर्णत्व

कामको अर्थ सुखी, सुन्दर बनाउने कार्य हो । रति या आनन्द सामेल भएपछि बल्ल सुन्दर बन्ने कार्य पूरा हुन्छ । अर्थात् काम र रतिको मिलनपछि जीवन पूर्ण हुन्छ ।

अर्को तर्कअनुसार रतिलाई कामुकताका लागि चिनिन्छ । रतिमा काम जोडिएपछि आनन्द, प्रसन्नता या प्रेम प्रकट हुन्छ ।

कामदेवलाई खुसी बनाउने मन्त्र

कामदेवको मन्त्र हो ‘क्लीम्’ । भनिन्छ, प्राचीनकालमा आफ्ना प्रशंसकको आकर्षण नगुमोस् भन्ने उद्देश्यले वेश्या र नर्तकीहरूले पनि यस मन्त्रको जप गर्ने गर्थे । यो मन्त्र निरन्तर जपेको कारण उनीहरूको आकर्षण जस्ताको तस्तै रहन्थ्यो ।

कामदेवका लागि अर्को मन्त्र पनि छ, जसले दाम्पत्य जीवनमा प्रेमभाव बढाउने विश्वास गरिन्छ–

‘ओम् कामदेवाय विद्महे, रति प्रियायै धीमही, तन्नो अनङ्ग प्रचोदयात् ।’

प्रेम प्रस्ताव सफल बन्ने सम्भावना

फेब्रुअरी १४ मा भन्दा वसन्त पञ्चमीमा प्रेमी वा प्रेमिकालाई राखेको प्रेम प्रस्ताव सफल हुने सम्भवना धेरै हुन्छ ।

वसन्त पञ्चमीमा प्रेमका प्रतीक कामदेवको पूजा हुन्छ । यो मिलनको दिन हो । खुसीको दिन हो । त्यसैले आफ्नो प्रेमी÷प्रेमिकालाई प्रेम प्रस्ताव राख्दा सफल हुने सम्भावना बढी हुन्छ । यस दिनमा सुरm भएको प्रेमको भविष्य सुखद बन्छ किनभने यसको सुरmवात नै सुखबाट भएको हुन्छ । त्यही भएर यस दिनमा विवाह गर्नका लागि साइत हेर्नुपर्दैन । यस दिन अन्य दिनको तुलनामा बढी विवाह हुने गरेको छ ।

उता फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस दुःखद् दिनबाट सुरm भएको हो । त्यस बेलाका रोमका शासक क्लाउडियसले पादरी भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दुःखद दिनको सम्झनामा यो दिवस मनाउने चलन सुरm भयो ।

उनका विषयमा एउटा कथा छ, सम्राट क्लाउडियसले सैनिकहरूलाई प्रेम र विवाह गर्नमा रोक लगाएका थिए । पादरी भ्यालेन्टाइनले यसको सार्वजनिक रूपमै विरोध गरे । आफ्नो विरोधलाई बलियो बनाउँदै उनले थुप्रै सैनिकहरूको विवाह गराइदिए ।

सम्राटले पादरीलाई पक्राउ गर्न लगाए र उनलाई मृत्युदण्डको सजाय सुनाइयो । जेलमा जेलरकी छोरी उनलाई भेट्न आउने गर्थिन् । मृत्युदण्ड पाउनुभन्दा केही दिन पहिला भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनेर हस्ताक्षर गरेको प्रेमपत्र जेलरकी छोरीलाई दिए ।

सन् २६९, फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइनलाई फाँसी दिइयो र उनको प्रेमको पनि दुःखद् अन्त्य भयो ।

भ्यालेन्टाइनको योगदानको कदर गर्न सकिए कसैले पनि आफ्नो प्रेमी÷प्रेमिकालाई असफल होस् भन्ने हिसाबले प्रेम प्रस्ताव गर्दैन । प्रेममा बिछोड भएपछि त्यागको कुरा गर्नु छुट्टै हो, तर सुरmमै त्यागको हिसाबले कसैले पनि प्रेम गर्दैन ।

त्यसैले यस दिनमा प्रेम प्रस्ताव नराख्दै राम्रो ।

(nagariknews बाट)

WRITE COMMENTS FOR THIS ARTICLE