फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई थप साढे ६ वर्ष प्रतिबन्ध

फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई २०२८ सम्म फुटबलसम्बन्धी काम गर्न नपाउने गरी थप प्रतिबन्ध गरेको छ। त्यस्तै, पूर्व महासचिव जिरोम वाल्केलाई पनि १० लाख ६८ हजार डलरसहित पूर्वअध्यक्षलाई जति नै प्रतिबन्ध लगाइएको छ।

फिफाको नैतिकताको विभिन्न नियम उल्लंघन गरेको भन्दै फिफाले उसलाई प्रतिबन्ध लगाएको हो। अब उनीहरु दुवैको नयाँ प्रतिबन्ध पुरानो प्रतिबन्ध सकिएको मितिबाट सुरु हुनेछ। ८५ वर्षीय पूर्वअध्यक्ष ब्लाटरले निलम्बन २०२१ को अक्टोबरमा सकिँदै छ भने ६० वर्षीय वाल्केको प्रतिबन्ध २०२५ को अक्टोबरमा सकिने छ। नयाँ प्रतिबन्ध त्यो मितिबाट सुरु हुनेछ।

फिफाले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, ‘ब्लाटर र वाल्केको अनुसन्धानमा धेरै क्षेत्र समेटिएका छन्। फिफाद्वारा आयोजिन प्रतियोगिताको बोनस पेमेन्टमा यो अनुसान्धान मुख्यतः केन्द्रित थियो। साथै फिफा मेनेजमेन्ट र कामदारबीच संशोधन र रोजगार सम्झौताको विस्तारमा पनि अनियमितता देखिएको छ।’

WRITE COMMENTS FOR THIS ARTICLE