फिफा अध्यक्ष गियानी इन्फान्टिनोलाई कोराना संक्रमण…

विश्व फुटटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनोलाई कोरोना संक्रमण पुष्टि भएको छ । फिफाले बुधबार उनलाई कोरोना संक्रमाण पुष्टि भएको जानकारी गराएको हो ।
५० वर्षीय विश्व फुटबलका प्रमुखलाई कोरोनाका केही लक्षण देखिएको र हाल उनी सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ ।

‘हाम्रा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँमा केही लक्षणहरु देखिएका छन् र हाल सेल्फ आइसोलेसनमा नै हुनुहुन्छ । कम्तिमा पनि १० दिन उहाँ क्वारेन्टाइनमै रहनु हुनेछ ।’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फिफाले केहि दिन यता इन्फान्टिनोको सम्पर्कमा आउने सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE