फिल्म ‘गोर्खा वारियर-२’ को निर्माण घोषणा…

नयाँ नेपाली चलचित्र ‘गोर्खा वारियर-२’ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायांकन सुरु गरिने यसका निर्माता तथा निर्देशक मिलन चाम्सले बताएका छन् ।

काठमाडौंमा मंगलबार एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र ‘गोर्खा वारियर-२’ को निर्माण घोषणा गरिएको हो । चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर-२ छायांकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा बताए ।

चलचित्रमा अभिनेता रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रेअर राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घलेको अभिनय रहने छ। चलचित्रको कथा निर्देशक चाम्स आफैले लेखेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE