फिल्म नबन्दै हल्लीखल्ली !

काठमाडौं । ‘प्रेमगीत ३’ निर्माण पूरा नहुँदै चर्चामा रहने फिल्ममध्येमा गनिन्छ । त्यसमाथि त्यसको हिरो प्रदीप खड्का छन् भने त झन् कुरै नगरौंँ । त्यसो त प्रदीप आफैँ मात्र पनि हल्लीखल्लीमा हुँदैनन्, उनको साथमा निर्माता सन्तोष सेन पनि सँगै मच्चिरहेका हुन्छन् ।

अब हेर्नुस्, सुरुमा अभिनेत्री छान्ने होड चलाए, जबकि त्यसभन्दा अघि नै अभिनेत्रीलाई लिइसकेको चर्चा चलिसकेको थियो । तापनि हल्ला गर्न काम लाग्छ भनेर अडिसन लिइछाडे ।

दोस्रो हल्ला प्रदीपको जिमखानाको थियो । यत्तिको ज्यान त यसअघि कुनै हिरोको थिएन है भन्ने देखाउन छाडेनन् । ज्यानपछि पोस्टरको कुरा आइहाले । त्यसपछि पनि फिल्ममा प्रयोग गरिएको डेकोरेसन त कुनै फिल्मले पनि गर्न नसकेको चर्चा चुल्याए ।

कहिले निर्माता, निर्देशक र अभिनेताको उस्तैउस्तै कपालको कुरा पनि उठाइयो । प्रदीपको सिक्स प्याक बनाउने सल्लाह र सन्तोषको फिल्म चलाउन गरिएका यत्तिका हल्लाले कत्तिको काम गर्ने हो, त्यसका लागि फिल्म रिलिज कुर्नैपर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE