फिल्म ‘श्री’ को फस्ट लूक सार्वजनिक…

फिल्म ‘श्री’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सन्दीप क्षेत्री शीर्ष भूमिका रहेको यो फिल्मलाई टेलिभिजन र युट्युबमा रिलिज गर्ने तयारी छ । फिल्ममा लकडाउनका कारण एउटै घरमा थुनिएर बसेका पात्रलाई देखाइएको छ । सन्दीपसँगै फिल्ममा वर्षा शिवाकोटी, राजाराम पौडेल, वुद्धि तामाङ, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन एभरेस्ट सूर्य बोहराले गरेका हुन् । श्री पराजुली र सविता गुरुङले निर्माण गरेको यो फिल्ममा सन्दीप क्षेत्रीलाई केन्द्रीय भूमिकामा देख्न सकिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE