फुटबलर विराज महर्जनले आज नेपाली राष्ट्रिय टिमबाट सन्यास लिने

नेपाली राष्ट्रिय टिमका फुटबलर विराज महर्जनले आज दशरथ रंगशालामा नेपाली राष्ट्रिय टिमबाट सन्यास लिने भएका छन। भने अखिल नेपाल फुटबल संघले यसबारे केही जानकारी दिएको छैन।

विराज ले थ्रि नेशन्स कप फुटबल प्रतियोगितामा पछिल्ला २ खेलमा मैदानमा उत्रने अवसर पाएका छैनन। सन २०१५ देखि नेपाली टिमको नेतृत्व गरेका बिराज अहिले आफ्नै टिमका कप्तान किरणकुमार लिम्बु अन्तर्गत रहेपनि उनलाई मैदानभित्र छिर्न पाएका छैनन। आज उनलाई खेलमा केही बेर उतारेर बिदाई गरिने हो वा खेलाउँदै नखेलाएर खेल समाप्तिपछि बिदाई गरिने हो गोप्य नै राखिएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE