फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विरुद्ध कोरोना नियम उल्लंघन गरेको आरोप…

पोर्चुगल स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो समस्यामा पर्न सक्ने बताइएको छ । उनीविरुद्ध कोरोना नियम उल्लंघन गरेको आरोप लागेको छ । कोरोनाको समयमा उनी २ दिन रेस्टा पहाडमा छुट्टि मनाउन गएका थिए ।

अहिले प्रहरीले यस आरोपविरुद्ध जाँच गरिरहेको छ । इटालियन क्लव युभेन्टसबाट रोनाल्डो आफ्नो पार्टनर जर्जिना रोड्रिग्ससँग छुट्टी मनाउन मंगलवार र बुधवार नर्थ वेस्ट इटालीको वालले डि आस्टा क्षेत्रमा छुट्टि मनाउन गएका थिए । उनीहरुको भिडियो सोसल मिडियामा अहिले भाइरल भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE