फेरियो गुगल सर्च, यस्तो नतिजा देखिनेछ अब….

गुगल सर्चले कम्प्यूटर र ल्यापटपमा देखाउने खोजीको नतिजामा फेरबदल ल्याउन ट्विक युआईको परीक्षण गरिरहेको छ । ल्यापटप र कम्प्युटरबाट गुगल सर्च गर्दा सर्च नतिजामा माउस होवर गर्दा (माउस राख्दा) फोटो र लामो पाठ देखाउने भएको छ । यसले गर्दा सर्च गर्दा आएका कुरामा माउस राख्दा त्यसको बारेमा लेखिएको कुरा र फोटो त्यहीनिर देखिनेछ ।

यसले गर्दा धेरैजसो प्रयोगकर्ताहरु गुगलकै वेबसाइटमा रहने छन् अर्थात तत्कालै अर्को वेबसाइटमा जाने छैनन् । गुगलले अहिले केही प्रयोगकर्ताहरुमा यस्तो फिचर प्रदान गरेको छ ।

गुगलले यो फिचर विश्वव्यापीमा रुपमा लागु गर्ने कुरा भने स्पष्ट भइसकेको छैन् । गुगल क्रोमको इन्कग्न्निटो मोडमा यो फिचरले एकपटक काम गरेर फेरि काम नगरेको बताइएको छ । सबै लिंकहरुमा फोटो नदेखाए पनि विस्तारित लेखिएको कुरा देखाउनेछ । यसो हुँदा त्यसबारे थोरै कुरा जान्नको लागि क्लिक गर्नुपर्ने झन्झट हट्नेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE