फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप बनाउने व्यक्ति पक्राउ…

फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप बनाउने व्यक्ति पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले पाल्पाका अभिषेक नेपाललाई पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रमुख नविन्द अर्यालले नेपाल नै उक्त पेजको ‘मेन एडमिन’ भएको बताए। ‘उनले उच्च पदस्थ व्यक्तिलाई बलात्कारसँग जोडेर स्टाटस लेख्ने गरेको पनि पाइएको छ’, एसएसपी अर्यालले भने।

राजधानीमा महिला अधिकारवादीहरुले ‘ तँ बलात्कारी होस्’ नारामा नित्यसहित विरोध जनाएलगत्तै फेसबुकमा ‘बलात्कारी संगठन’ पेज देखिएको थियो। ब्युरोले यसअघि नवलपरासीबाट एक जनालाई पक्राउ गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE