फ्यानहरूले मन पराए लक्ष्मी बम्बको नयाँ गीत बुर्ज खलीफा….

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र लक्ष्मी बम्बको नयाँ गीत बुर्ज खलीफा सार्वजनिक भएको छ । बहुप्रतिक्षित चलचित्रको यस गीतलाई अक्षय र कियाराका फ्यानहरूले निकै मन पराएका छन् । जसका कारण यस गीतले युट्युवमा अत्याधिक भ्यूज कमाउन सफल भएको छ ।

सार्वजनिक भएको एक घन्टामै यस गीतको भिडियो ४ लाख भन्दा बढीपटक हेरिएको छ । भिडियोमा अक्षय र कियाराको केमेस्ट्री शानदार छ । दुबईमा शुटिङ गरिएको यस गीतमा अक्षय र कियाराको रोमान्टिक केमेस्ट्रीले सबैको ध्यान खिचेको छ । गीतमा अक्षय र कियारा अलग लूकमा देखिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE