बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि पहिलो गोल खेलको १७ औँ मिनेटमा सञ्जोग राईले गरेका थिए भने विशाल राईले ४१ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। विशालले अफसाइड ट्र्याप बिट गरेर सेकेण्ड बार च्यापेर उत्कृष्ट गोल गरेका थिए।

बंगलादेशले खेलको ८२ औँ मिनेटमा एक गोल फर्काएर खेलमा फर्कने कोशिस गरेको थियो। बंगलादेशका लागि महोबबुर रहमानले एक गोल फर्काएका थिए। नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १८ महिनापछि गोल गोल गरेको हो। यसअघि नेपालले सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेइविरुद्ध २–० गोलले जित हात पारेको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE