बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमको घोषणा…

अखिल नेपाल फुटबल संघले बंगलादेशमा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली राष्ट्रिय टिम बुधबार घोषणा गरेको छ । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको टिममा २५ खेलाडी रहेका छन् । टिमको सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकाश मल्ल रहेका छन् ।

टिममा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान र सरोज दाहाल रहेका छन् । यस्तै अन्य खेलाडीमा सेशेहाङ आङदम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् । नेपालले नोभेम्बर १३ र १७ मा दुई खेल खेल्नेछन् ।

टिम घोषणा गर्नुअगाडि गरिएको कोभिड–१९ परीक्षणमा ‘पोजिटिभ’ नतिजा आएका सात खेलाडी घोषित टिममा परेका छैनन् । यस्तै चोटका कारण रोहित चन्द पनि टिमबाट बाहिरिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE