बलिउड अभिनेता प्रभु देवाको थ्रिलर फिल्म ‘बाघिरा’ को टिजर सार्वजनिक…

बलिउड अभिनेता प्रभु देवा आफ्नु डान्सका कारण हरबखत चर्चामा रहन्छन् । यतिखेर प्रभु देवा आफ्नो फरक लुक्सका कारण चर्चामा रहेका छन् । थ्रिलर फिल्म ‘बाघिरा’को टिजर सार्वजनिक भएसँगै प्रभु देवाको लुक्सको चर्चा बढेको हो ।

‘बाघिरा’ मा प्रभुलाई एक पागल व्यक्तिको रुपमा देखिएका छन्। फिल्ममा उनी बाघिरा मुरलीधरन चरित्रमा छन् । टिजरमा उनलाई ‘साइको राजा’ का रुपमा प्रस्तुत गरिएको छ । भ्यालेन्टाइनको अवसर पारेर गत फेब्रुअरी १४ मा दक्षिण भारतीय स्टार धनुषले फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए ।

थ्रिलर फिल्ममा अमर्या दस्तुर, गायाथ्री शंकर, राम्या नाम्बीसान, जननी लायर, सञ्चीता सेट्टी, साक्षी अग्रवाल, सोनिया अग्रवाल, साई कुमार, नसर र प्रगथीलगायतको अभिनय रहेको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE