बलिउड अभिनेत्री शशिकलाको ८८ वर्षको उमेरमा निधन

बलिउड अभिनेत्री शशीकला ओम प्रकाश साइगलको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युको बारेमा परिवारका कुनै सदस्यले केही जानकारी दिएका छैनन्। लेखक किरण कोठारियलले फेसबुक मार्फत उनको मृत्युको खबर दिएका हुन्। उनले ‘कभी खुसी कभी गम’ बाहेक सन् २००४ को चलचित्र ‘मुझसे शादी करोगी’, ‘तीन बत्ती चार रास्ता’ मा काम गरेकी छन्। उनले चर्चित टेलिभिजन कार्यक्रम ‘सोनपरी’ र ‘जिना इसका नाम हे’ मा काम गरेकी छन्।

WRITE COMMENTS FOR THIS ARTICLE