जोय बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित…

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जोय बाइडेन निर्वाचित भएको अमेरिकी मिडियाले दाबी गरेका छन्। सीएनएन, फक्स न्यूज र एपीले बाइडेन राष्ट्रपति निर्वाचित भएको समाचार प्रकाशित गरेका छन्।

सीएनएनले बाइडेनले २७३ इलेक्ट्रल मत प्राप्त गरी प्रेसिडेन्ट इलेक्ट बनेको उल्लेख गरेको छ। ट्रम्पले भने २१४ इलेक्ट्रल मत प्राप्ता गरेको सीएनएनले जनाएको छ। एपीले भने बाइडेनले २८४ इलेक्ट्रल मत प्राप्त गरेको उल्लेख गरेको छ। उता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफू राष्ट्रपतिमा पुन: निर्वाचित भएको दाबी गरेका छन्। ट्वीट गर्दै ट्रम्पले आफूले जितेको दाबी गरेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE