बागमती प्रदेशस्तरीय लिग फुटबलको उपाधि धादिङलाई…

बागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको उपाधि धादिङ समाज धादिङले जितेको छ। छिमेकी जिल्ला नुवाकोटको विदुरमा शुक्रबार भएको फाइनलमा धादिङ समाजले काठमाडौंको ब्वाइल्ड स्पोर्ट्स एक्पोर्ट्स क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो।

धादिङको जितमा विपिन कँडेलले निर्णायक गोल गरे। उपाधिसँगै धादिङले पाँच लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता काठमाडौंले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। विजेता धादिङले यससँगै नेपालगन्जमा यही फागुन २९ गतेदेखि आयोजना हुने एन्फा प्रेसिडेन्ट कपमा प्रतिस्पर्धा गर्ने मौका पनि पाएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE