बार्यन म्युनिखका डिफेन्डर बोटेङकी पूर्व प्रेमीका मृत अवस्थामा फेला…

बार्यन म्युनिखका डिफेन्डर जेरोमी बोटेङको पूर्व प्रेमीका मृत अवस्थामा भेटिएकी छिन् । पोल्याण्डको चर्चित मोडल समेत रहेकी बोटेङकी पूर्व प्रेमिका कोसिया लेन्हार्ट मृत अवस्थामा भेटिएकी हुन् । यी दुई १५ महिना रिलेसनशिपमा रहेका थिए । व्यक्तिगत असहमतिको कारण उनीहरुबीच सम्बन्ध बिच्छेद भएको हो ।

जर्मनको बर्लिनस्थित प्रहरीले मंगलार २५ वर्षीया लेन्हार्ट मृत अवस्थामा फेला पारेको हो । लेन्हार्टको हत्या नभएको प्रहरीले पुष्टि गरेको छ । उनीहरुबीचको सम्बन्धबिच्छेदको बारेमा मिडियाले समाचारहरु बनाए पनि बोटेङले भने व्यक्तिगत कारण भन्दै स्पष्टिकरण दिन इन्कार गर्दै आएका थिए । यद्यपी, लेन्हार्टले आफूलाई धम्क्याउने गरेको साथै, आफ्नो खेल जीवन नै समाप्त पार्ने गतिविधि गरको बोटेङले बताउँदै आएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE