बार्सिलोनाका अन्सु फाती चार महिना मैदान बाहिर…

बार्सिलोनाका फरवार्ड अन्सु फाती झण्डै चार महिना मैदान बाहिर हुने भएका छन्। घुँडाको शल्यक्रियापछि उनी चार महिना खेल्न नसक्ने भएका हुन् । १८ वर्षे फाती रियल बेटिससँगको खेलमा चोटग्रस्त भएका थिए । उनको बायाँ गोडाको घुँडामा चोट लागेको हो।

शनिबार रातिको खेलमा उनी मध्यान्तरमा मैदानबाट बाहिरिएका थिए। स्पेनिस खेलाडी फातीले यो सिजन बार्सिलोनाबाट १० खेल खेलेका छन् र पाँच गोल गरि दुई गोलका लागि सहयोग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE