बार्सिलोनाका नेल्सन सेमेडो उल्भसमा अनुबन्धित

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडो प्रिमियर लिग क्लब उल्भसमा अनुबन्ध भएका छन् । उल्भसले उनलाई बार्सिलोनाबाट ३७ मिलियन युरोमा अनुबन्ध गरेको हो । बार्सिलोनालका लागि धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका उल्भसमा पगेका हुन् । सन् २०१५ मा बार्सिलोनामा पुगेका पोर्चुगली स्टार खेलाडीले बार्सिलोनाका लागि ८२ लिग खेल खेल्दै २ गोल गरेका छन् ।

उल्भसका मुख्य प्रशिक्षक नुनो इस्प्रिटो सान्टोले सुमेडोलाई कलबमा अनुबन्ध गरेको बीबीसीलाई बताए । सेमेडोलाई प्रिमियर लिग क्लब टोटेनहमले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । “विश्वकै उत्कृष्ट खेलाडीमध्येका एक खेलाडीलाई विश्वकै उत्कृष्ट क्लबबाट अनुबन्ध गर्न पाउनु क्लबका लागि राम्रो अवसर हो,” क्लबका अध्यक्ष जेफ सीले भनेका छन् । सुमेडोले उल्भससँग २०२३ सम्मको लागि सम्झौता गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE