बार्सिलोनाले आफूलाई बुढो भएको भन्दै निकालेको लुइस स्वारेजको खुलासा…

लुइस स्वारेजले बार्सिलोनाले आफूलाई बुढो भएको भन्दै क्लबबाट आफू निकालेको खुलासा गरेका छन् । स्वारेजले बार्सिलोना छाडेर एथ्लेटिको म्याड्रिडसँग आबद्ध भएका थिए । बार्सिलोना​को उक्त निर्णयको कप्तान लियोनेल मेस्सीले समेत आलोचना गरेका थिए । ३४ वर्षीय उरुग्वेका स्ट्राइकर अहिले नयाँ क्लबमा खुसी छन् तर अझै पनि आफूलाई बुढो भनिएकोमा क्रुद्ध छन् । ‘मलाई सबैभन्दा खड्किएको कुरो भनेको मलाई बुढो भनियो र उच्च स्तरमा खेल्न अब नसक्ने भनियो,’ फ्रान्स फुटबलसँग कुरा गर्दै सुवारेजले भनियो, ‘त्यो कुरा मलाई मन परेन ।’

‘मैले बार्सिलोनाजस्तो क्लबमा गएर केही गर्न नसकेको भए म बुझ्थेँ,’ उनले भने, ‘तर, हरेक वर्ष बार्सिलोनामा रहँदा, मैले प्रत्येक सिजन २० भन्दा बढी गोल गरेँ । मेरो तथ्याङ्क राम्रो थियो, मेस्सीभन्दा मात्र पछि ।’ ‘आज हामी देख्न सक्छौँ, बार्सिलोनामा खेल्न सजिलो छैन । अनुबन्ध गरिएका धेरै खेलाडीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् । मैले ६ वर्ष बार्सिलोनामा रहँदा एउटा निश्चित तह कायम गरेको थिएँ, उनीहरुको अपेक्षालाई पुरा गरेको थिएँ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE