“बार्सिलोनाले मौका दिएकोमा आभारी छु”: स्वारेज

स्टार खेलाडी लुइज स्वारेज एट्लेटिको मड्रिडमा अनुबन्ध भइसकेका छन् । रिपोर्टका अनुसार बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोयम्यानसँग उनको सम्बन्ध खासै नजम्ने देखिएपछि उनले क्लब छोड्ने निर्णय गरेका हुन् ।  बार्सिलोनाबाट बिदाई हुँदा उनी निकै भावकु पनि भए ।

उनले रुदै भने, ‘सन् २०१४ मा जब बार्सिलोना म अनुबन्ध भए । सुरु देखि नै मलाई क्लबले जुन हौसला प्रदान गर्यो त्यसप्रति म आभारी रहेको छु । लिभरपुलमा छँदा जुन गल्तीहरु मैले गरेको थिए त्यस गल्तीका बाबुजद पनि क्लबले मलाई विश्वास गर्यो । बार्सिलोनामा मलाई कुनै पनि त्यस्तो व्यवहार गरिएन । बार्सिलोना आएपछि जुन लयमा मैले खेल्ने मौका पाए त्यसका लागि म आभारी रहेको छु ।’  ६ सिजन बार्सिलोनामा बिताएका स्वारेज अन्ततः एट्लेटिकोमा अनुबन्ध भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE