“बार्सिलोना छाड्दा आफ्नो घर छाडेको महसुस भइरहेको छ”: अर्थुर मेलो

ब्राजिलियन स्टार खेलाडी अर्थुर मेलो आफ्नो बिदाइ कार्यक्रममा भावुक बनेका छन् । सन् २०१८ मा स्पेनिस क्लब बार्सिलोनामा आएका मिडफिल्डर अर्थुर यो सिजन मात्र इटालियन क्लब युभेन्ट्स जाँदै छन् ।

करिब दुई सिजन बार्सिलोनामा बिताएका अर्थुरले आफूले खेलको धेरै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

२४ वर्षीय युवा स्टारले बार्सिलोनाका लागि ४८ लिग खेल खेल्दै तीन गोल गरेका छन् । बार्सिलोनाले आफ्ना युवा स्टारलाई युभेन्ट्समा पठाएर उनको ठाँउमा पियानेचलाई क्लबमा भित्राएको थियो । अर्थुर पूर्ण रुपमा युभेन्ट्समा अनुबन्धन भएका हुन् । बार्सिलोनामा लामो समय रहन चाहेका अर्थुरले बिदाइको समयमा आफूले घर छोड्न लागेको महसुस भइरहेको बताएका छन् ।

“बार्सिलोनाको दुई सिजनको बसाइँ रमाइलो नै भयो । आफूले सके जति खेल्ने प्रयास गरे । बार्सिलोनाका लागि मैले सकेको दिन सके । अब युभेन्ट्सबाट खेल्दै छु आशा गरौं त्यहाँको यात्रा पनि सफल हुनेछ । बार्सिलोना छाड्दा आफ्नो घर छाडेको महसुस भइरहेको छ,” अर्थुरले भने ।

 

WRITE COMMENTS FOR THIS ARTICLE