बुन्डेसलिगा: फ्रेइबर्गसँग डर्टमण्ड २-१ गोलले पराजित…

बोरूसिया डर्टमण्ड जर्मन बुन्डेसलिगामा पराजित भएको छ। डर्टमण्डले गएराति फ्रेइबर्गलाई २-१ को नतिजा सुम्पिएको हो। जोङ उ-योङको गोलबाट फ्रेइबर्गले ४९औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा जोनाथन स्मीडले फ्रेइबर्गको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा १६ वर्षे युसुफा मौकोकोले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

WRITE COMMENTS FOR THIS ARTICLE