बुन्डेसलिगा: लाइप्जिगमाथि डर्टमण्डको सहज जित,हालाण्डको २ गोल….

जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले आरबी लाइप्जिगलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा डर्टमण्डले लाइप्जिगलाई उसकै मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

डर्टमण्डलाई जित दिलाउन ७१ औं र ८४ औं मिनेटमा इर्लिङ हालाण्डले २ गोल गरे भने ५५ औं मिनेटमा जाडोन साञ्चोले १ गोल गरे । यता ८९ औं मिनेटमा लाइप्जिगका अलेक्जाडर सोर्लोथले गरेको गोल सान्त्वना गोल हुन पुग्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE