बुन्डेसलिगा: आउग्सबर्गमाथि बायर्न म्युनिखको कठिन जित…

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले कठिन जित हात पारेको छ । बुधवार राति भएको खेलमा बायर्नले आउग्सबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै बायर्नले १७ खेलमा ३९ अंक जोडेको छ । बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । आउग्सबर्ग १९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE