बुन्डेसलिगा: स्टटगर्टमाथि बायर्न म्युनिखको फराकिलो जित,लेवान्डोस्कीको ह्याट्रिक

बुन्डेसलिगा फुटबल अन्तर्गत बायर्न म्युनिखले स्टटगर्टलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बायर्न म्युनिख १२ औं मिनेटमा अलफन्सो डेविड रातो कार्ड खादै दश खेलाडीमा समेटिएको थियो । त्यसको पाँच मिनेट पछि लेवान्डोस्कीले गोलको खाता खोले । २२ औं मिनेटमा सर्जि गिनाब्रीले अग्रता दोब्बर पारे । लेवान्डोस्कीले पहिलो हाफमानै ह्याट्रिक पुरा गरे ।

यो सिजन लेवान्डोस्कीस्को क्लबका लागि गोल गोल संख्या ४० पुगीसकेको छ । विजेता बायर्न २६ खेलबाट ६१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE