बुन्डेसलिगा: होफेनमिमाथि बायर्नको ४-१ गोलको फराकिलो जित…

जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले होफेनहिमलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बायर्नले आफ्नो मैदानमा होफेनमिलाई ४-१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा जेरोमे बोएटेंग, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज नाब्रीले गोल गरे । यता होफेनहिमका लागि एकमात्र सान्त्वना गोल एन्ड्रेज क्रामारीचले गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE