बुन्डेस लिगा: अर्मानिया बेलफ्रिडमाथि लेइपजिगको १० गोलको जित, बार्यन म्युनिखसँग अंक दूरी कम

बुन्डेस लिगा फुटबल अन्तर्गत अर्मानिया बेलफ्रिडलाई १-० गोल अन्तरले पराजित गर्दै लेइपजिगले शीर्ष स्थानको टिमसँग अंक दूरी कम गरेको छ । लेइपजिगका लागि खेलको दोस्रो हाफको पहिलो मिनेटमै मार्कस सेविसजरले निर्णायक गोल गरे । मार्कसले खेलको ४६औँ मिनेटमा गरेको गोलमार्फत टिम विजयी बन्यो ।

लिगको दोस्रो स्थानमा रहेको लेइपजिगले गएरातिको जीतसँगै शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दूरी १ अंकमा सीमित गरेको छ । २५ खेलमा बार्यनले ५८ अंक बनाउँदा लेइपजिगले २६ खेलबाट ५७ अंक बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE