बुर्नो फर्नान्डेसलाइ ‘सर म्याट बस्बी प्लेयर अफ दि इयर’ अवार्ड

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर बुर्नो फर्नान्डेसले ‘सर म्याट बस्बी प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । युनाइटेड आएका पहिलो सिजनमा नै फर्नान्डेसले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । क्लबको समर्थकको भोटको आधारमा फर्नान्डेसले अवार्ड जितेका हुन् ।

गत जनवरीमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट युनाइटेड पुगेका फर्नान्डेसले गत सिजन २२ खेलमा १२ गोल र ८ गोलका लागि अस्सिट दिएका थिए । म्यानचेस्टर युनाइटेडको पूर्वप्रशिक्षक सर म्याट बस्बीको सम्मानमा युनाइटेडले हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्छ । युनाइटेडका गोलरक्षक डेभिड डि गेयाले सर्वाधिक चारपटक जितेका छन् । यस्तै, क्रिस्टियानो रोनाल्डोले तीनपटक जितेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE