बोक्सिको आरोपमा महिलामाथि निर्घात कुटपिट

देविन्द्र भट्टराई

महोत्तरीको सम्सी गाउँपालिका ७ जावाटोलकी ४५ वर्षिया पवनदेवी यादव माथी बिना कारण बोक्सिको आरोपमा निर्घात रुपमा कुटपिट भएको छ।

उनलाई स्थानिय दिनेस यादव लगायत उनका छोरा कृष्ण,आशिष उनकि आमा सुजिया देबि यादवले गत शुक्रबार बोक्सी भन्दै कुटपिट गरेका छन। निर्घात कुटपिट पछि गम्भीर घाइते यादवको जनकपुर स्थित जानकी हेल्थ कियरमा उपचार भैरहेको यादवका छोरा सन्जयले बताएका छन।

सन्जयका अनुसार शुक्रबार बेलुका एक्कासी दिनेशका परिवारले आमा माथी बोक्सिको आरोप लगाउदै गालिगलोज गरेका र सो समयमा प्रहरी लाई खबर गरेपछी सम्सी प्रहरी चैकिबाट प्रहरी टोलि घटना स्थलमा पुगेर झगडालाई सामान्य बानएर फर्के पनि राती पुन: घरमा आयर गाली गलोज गरि निर्घात रुपमा कुटपिट गरेको बताईएको छ।
सम्सी प्रहरी चौकिले स्थानीयको दवाब पछि आरोपीलाई नियन्त्रणमा लिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE