बोरुसिया डर्टमन्ड डिएफबी पोकलको सेमिफाइनलमा…

बोरुसिया डर्टमन्ड जर्मन कप डिएफबी पोकलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार रातिको खेलमा मोन्चेनग्लाडवाकलाई १–० ले पराजित गर्दै डर्टमन्ड सेमिफाइनलमा पुगेको हो। डर्टमन्डको जितका लागि फरवार्ड जाडन साञ्चेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले ६६ औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए।

तर, यसबाहेक अन्य गोल बन्न नसक्दा उनको गोल नै निर्णायक बन्यो। खेलको इन्ज्युरी समयमा डर्टमन्डका महम्मोद डहुडले रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएका थिए। अर्काे क्वाटरफाइनलमा आज राति आरडब्लु इसेन र होल्सटेइन के्इल तथा आरबी लाइप्जिग र वल्फ्सवर्गबीच प्रतिस्पर्धा हुदैछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE